loading
Loading, please wait...
 
Email it | Print it | Comment it | Share | Share this on Twitter




Yes, email it. |
बिनाको पुनरागमन
Thursday, July 22, 2010

 चलचित्र 'मोहनी', 'कसम', 'अप्सरा' लगायतका चलचित्रमा अभिनय गरेकी नायिका बिना बुढाथोकीलाई लामो समयपछि दर्शकहरूले चलचित्रको पर्दामा देख्न पाउने भएका छन् ।

 

१० बर्ष अगाडीको चलचित्र 'अप्सरा'  मा अभिनय गरेर रजतपटबाट एकाएक हराएकी यि नायिकाले अहिले 'ग्ल्यामर' नामक चलचित्रमा बिशेष भुमिका निर्वाह गर्दैछिन् । करिब एक महिना अगाडी जापानबाट नेपाल आएकी बिना 'ग्ल्यामर' को छायाँकन सकेर उनी आउँदो शनिबार जापान फर्किंदै छिन् । नेपाली चलचित्रमा पैसा कमाई नहुने देखेपछि जापान प्रस्थान गर्नु परेको बिनाले बताईन् । अहिले उनी जापानमा बसेर सन्तुष्ट  छिन् ।

 

चलचित्रक्षेत्रबाट केहि समयको लागी टाढा रहेपनि नेपाली चलचित्रलाई सधैं माया गरिरहने उनको भनाई छ । नेपाली चलचित्रको प्रतिको मोह भएर नै होला उनले केहि समय पछि श्रीमान रमेश बुढाथोकीसँग मिलेर चलचित्र निर्माण गर्ने बताईन् । तर उनले अझै पाँच बर्ष जापानमै बिताउने जानकारी दिईन् ।

 



Yes, comment it.

 
 

Back

यो वेबसाइट नेपाली ति बाल बालिकाहरूको लागी समर्पित छ जसको केहि पनि छैन । (This website is dedicated to those children of Nepal who have nothing.)

Copyright (c) 2008 - 2010 nepalportugal.com. All rights reserved. Site best viewed on 1024px by 768px, IE6 or later. | 6

Powered by: