प्रस्तुत विषयका र्सर्न्दभमा, नेपाली जनसम्पर्क समन्वय समिति युरोप नेपाली काँग्रेस विदेश विभाग प्रमुख श्रीमती सुजता कोइरालाको उपस्थितिमा जर्मनीको बर्लिन सहरमा मे २६ स्थापना भएको थियो । नेपाली जनसम्पर्क समितिहरुको गठन गर्ने, संस्थागत विकास गर्ने सहयोग गर्ने, साझा कार्यक्रमहरु तथा नितीहरु पहिचान तथा कार्यन्वयनमा सहयोग गर्ने विशुद्ध उद्धेश्य नै यसको स्थापना हो । तत् पश्चात नेपाली जनसम्पर्क समिति नभएका देशमा यसको गठन गर्दै, संस्थागत विकास गर्दे आइरहेको र आन्तरिक मतभिन्नता भएका समितिहरुमा रचनात्मक सहयोग गरि कम गराउने र समस्या समधान गर्दे समन्वयकारी भुमीका निर्वाह गर्दे आइरहेको छ ।
यस समन्वय समितिको प्रथम साधारण सभा नेपाली काँग्रेसका वरिष्ठ नेता श्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा ०९ अगष्ट २००९ मा पोर्तुगलको लिस्वोनमा संपन्न भएको कुरा अवगत नै छ ।
नेपाली काँग्रेसको १२ औ महाधिवेशको पुर्बसंध्यामा , नेपाली जनसम्पर्क समितिहरुलाई प्रतिनिधित्व गराउने निर्णय भएको केन्द्रको परिपत्र अनुसार, विदेशी नागरिकता ल्याएका मित्रहरुमा पर्न गएको अप्ठ्यारा, महाधिवेशनमा प्रतिनिधित्व गर्नका लागि राखिएका मापदण्ड, नेपाली जनसर्म्पर्क समितिलाई दिने हैशियत, र युरोपियन समन्वय समितिको आधिकारीक हैशियत जस्ता कुराहरुमा व्यापक छलफल गरि संयुक्त आवाज महाधिवेशनमा लैजानको लागि तयारी र नेपाली जनसर्म्पर्क समन्वय समितिको, कार्यदिशा, निति तथा कार्यक्रम, निर्र्दिष्ट गर्नको लागि एक विस्तारित बैठक एवं भेलाको आयोजना गरिएकोले हरेक नेपाली जनसम्पर्क समितिबाट अध्यक्ष र महामन्त्री सहित अन्य मित्रहरु र र गठन नभएका युरोपियन राष्ट्रबाट नेपाली काँग्रेसमा आस्थावान सम्पुर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई तलको मिति, समय र स्थानमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।
मिति - २५ जुलाई २००९
स्थान - बार्सिलोना, स्पेन
समय - ११.०० बजे
गंगाधर गौतम दिल बहादुर गुरुङ
महासचिव अध्यक्ष
नेपाली जनसम्पर्क समन्वय समिति, युरोप
मिति - २१ जुलाई २०१०
|