|
नेप्जुमले डान्स पार्टीको आयोजना गर्ने Monday, July 19, 2010 |
| .jpg)
लिस्बोन १९ जुलाई/ पोर्तुगलमा बसोबास गर्ने नेपाली युवाहरुको समूह नेप्जुमले डान्स पार्टीको आयोजना गर्ने भएको छ। यहि आउदो अगस्त १४ तारिक शनिवारका दिन पोर्तुगल लिस्बोनको रोसियोमा हुने डान्स पार्टी राति १० बजे देखि सुरु भई बिहान ५ बजे सम्म चल्नेछ। प्रवेश टिकट एडभान्समा लिएमा यूरो ५ र स्पोटमा लिएमा यूरो ६ राखिएको छ। पोर्तुगलबासी नेपाली दाजुभाई दिदिबहिनीहरु पार्टीमा उपस्थित भई मनोरंजन लिनुहुनेछ भन्ने कुरामा आयोजक समुहका सदस्यहरु आशावादी छन्, साथै उनीहरुले नेपाली दाजुभाई दिदिबहिनीहरुलाई हार्दिक आमन्त्रण पनि गरेका छन्।
|
|
|