loading
Loading, please wait...
 
Email it | Print it | Comment it | Share | Share this on Twitter




Yes, email it. |
एनआरएन पोर्चुगलद्वारा नव-आगन्तुकहरुको निमित्त पोर्चुगिस भाषा कक्षा संचालन हुने
Saturday, July 17, 2010

-भीमकेसीकमल

लिस्बन, १६ जुलाइ
 
यूके, पोल्याण्ड, इजरायल, नेपाल लगायत बिभिन्न मुलुकहरुबाट बैधानिक बसोबास (रेजीडेन्सि) र रोजगारीको खोजिको सिलसिलामा आकर्षक गन्तब्यको रुपका पोर्चुगललाइ लिदै दैनिक जसो नेपालीहरुको पोर्चुगल आगमन बढि रहेको सन्दर्भमा नव-आगन्तुक नेपालीहरुलाइ पोर्चुगिस समाजमा घुलमिल हुन, कागजातहरु बनाउन, घर भाडामा खोज्न तथा कामको खोजि गर्न समेत सहयोग पुर्याउने उद्येश्यले गैरआवाशियनेपालीसंघ, पोर्चुगलले पोर्चुगिस भाषा अभिमुखिकरण कक्षा यहि जुलाई २० तारिख देखि सन्चालन गर्ने भएको छ।
पोर्चुगिस भाषा जान्दै नजान्नेहरुको निम्ती गैरआवाशियनेपालीसंघ, पोर्चुगलका स्वयंशेवी नेपाली प्रशिक्षकहरुद्वारा संचालन हुने उक्त कक्षामा अध्ययन गर्न चाहने यस अघि कुनै पोर्चुगिस भाषा कक्षा नलिएका नब-आगन्तुक नेपाली दिदिबहिनी तथा दाजुभाइहरुले गैर आवाशिय नेपाली संघतथा पोर्चुगल नेपाल मैत्री संघको संयुक्त कार्यालय रोसियोमा यहि जुलाइ १७ देखि २० तारिखसम्म सम्पर्क गरी निबेदन दिन गैर आवाशिय नेपाली संघ पोर्चुगलले अनुरोध गरेको छ।
यस अघि नेवा: पुच समेतको सकृयतामा भाषा प्रशिक्षक भरत कुमार श्रेष्ठले दिएको पोर्चुगिस भाषा अभिमुखिकरण कक्षा जुलाइ २० देखि समापन हुने जानकारी गैर आवाशिय नेपाली संघ, पोर्चुगलका अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले दिनु भएको छ। उक्त कक्षामा सहभागी भैसकेका प्रशिक्षार्थीहरुलाई पोर्चुगल नेपाल मैत्री संघका कन्ट्री को-अर्डिनेटर जोआँ टुदेलाले हप्तामा २ दिन थप कक्षा संचालन गर्नु हुने भएकोले सो कक्षाको निमित्त समेत सम्पर्क गर्न पोर्चुगल नेपाल मैत्री संघका सचिब झलक के सीले अनुरोध गर्नु भएको छ।
यस अतिरिक्त गैरआवाशियनेपालीसंघ, पोर्चुगलको बैठकले आगामि जुलाइ ३१ र अगष्त १ तारिख फ्रान्सको पेरिसमा सम्पन्न हुने चौथो एनआरएन युरोपियन क्षेत्रीय बैठकमा पोर्चुगलबाट आईसिसि सदश्य मकर हमालको नेतृत्वमा एनसिसि अध्यक्ष, उपाध्यक्ष र सदश्य तथा शुभचिन्तकहरु सम्मिलित प्रतिनिधिमण्डल सहभागि हुने निर्णय गरेको छ। 
गत बर्ष लिस्बनमा सफलतापुर्बक तेश्रो युरोपियन क्षेत्रीय बैठक सम्पन्न गरेको पोर्चुगलबाट उत्शाहजनक उपस्थिति हुने अपेक्षा पेरिसमा आयोजकहरुले राखेकोले बैठकमा सहभागि हुन इच्छुक दिदिबहिनी तथा दाजुभाइहरुले अग्रीम सम्पर्क गरी होटल बुकिङको निम्ति नाम दर्ता गराउनु हुन पोर्चुगलबाट नेतृत्व गरि जाने आईसिसि सदश्य मकर हमालले अनुरोध गर्नु भएको छ।
गैरआवाशियनेपालीसंघ, पोर्चुगलएनसिसिको सो बैठकले पोर्चुगलमा रहि हालसम्म गैरआवाशियनेपालीसंघको सदश्यता नलिएका नेपाली जनसमुदायहरुलाइ कार्यालयमा सम्पर्क गरि सदश्यता लिनु हुन र नबिकरण गर्नु पर्ने पुराना सदश्यहरुले पनि आगामी अगष्त १५ सम्म नबिकरण गरि सक्न अनुरोध गर्ने निर्णय गरेको छ।
नेपाल-डे २०१०, पोर्चुगलका संयोजक आईसिसि सदश्य मकर हमालको बिशेष उपस्थितिमा सम्पन्न उक्त बैठकले नेपाल-डे २०१० भब्यतापुर्बक सफल पार्न सहयोग पुर्याउने पोर्चुगल स्थित सम्पुर्ण संघसंस्था, ब्यवशायीहरु, कलाकार, संचारकर्मी तथा नेपाली जनसमुदायहरुलाइ हार्दिक धन्यबाद ज्ञापन गर्दै आगामि दिनमा समेत रचनात्मक सहयोगको अपेक्षा गरेको छ।
भाषा कक्षा तथा सदश्यता सम्बन्धि बिस्तृत जानकारीको लागि सम्पर्क:
लक्ष्मी प्रसाद सापकोटा ९१७४३६७६४
भीम के सी कमल ९१४९०७८८८
हेमन्त सेढाइ ९१६९६७४६५
झलक के सी ९१४४१२००४
 



Yes, comment it.

 
Comments (2)
jangado | Sunday, July 18, 2010 | 1:55:26 | Marked as spam, show it
yam gurung | Saturday, July 17, 2010 | 21:46:31 | Marked as spam, show it
 

Back

यो वेबसाइट नेपाली ति बाल बालिकाहरूको लागी समर्पित छ जसको केहि पनि छैन । (This website is dedicated to those children of Nepal who have nothing.)

Copyright (c) 2008 - 2010 nepalportugal.com. All rights reserved. Site best viewed on 1024px by 768px, IE6 or later. | 4

Powered by: