loading
Loading, please wait...
 
Email it | Print it | Comment it | Share | Share this on Twitter




Yes, email it. |
राष्ट्रिय सहमतीको बाधक नेपालमा एनेकपा माओबादी - महासचिब पोख्रेल
Friday, July 16, 2010

ने।क।पा एमालेका महासचिब इश्वर पोख्रेलले युरोपको राजधानी बेल्जियम आयोजित एक कार्यक्रममा संबोधन गर्दै अहीलेको परिस्तितीमा नेपालमा राष्ट्रिय सहमतीको बाधक नेपालमा एनेकपा माओबादी भएको बताउनु भएको छ ।
यही ११ जुलाई २०१० मा बेल्जियमको शहर एन्टेर्पेन आयोजित नेकपा एमाले बेल्जियम कमिटी र ने क पा एमाले बेल्जियम कमिटी को भात्री संगठन एन डी एफ बेल्जियम को तेस्रो अधिबेशन तथा सम्मेलनको उद्घघाटन नेकपा एमालेका महासचिब क । इश्वर पोख्रेलले दिप प्रज्वलन गरि गर्नु भएको थियो ।
उक्त उद्घघाटन समारोहमा संबोधन गर्दै उहाँले अल्पसंख्यकहरुको मुलुकको रुपमा परिचित नेपाल अथवा यस्तो सामाजिक विशेषता र विशिष्टता बोकेको नेपालको राजनीति सहमतीका आधारमा मात्र अगाडि बढाउनु मुलुक र जनताका लागि श्रेयस्कर र लाभकारी हुन्छ । बेलाबेलामा प्रकट हुने अतिवादका अवाञ्छित प्रभावबाट मुलुकलाई मुक्त राख्न पनि सहमती आवश्यक छ । र, सर्वोपरि रुपमा यतिबेलाका साझा कार्यसूचि -शान्ति र संविधान) पुरा गर्न पनि सहमती नै चाहिन्छ । कुनै एक पक्षलाई पन्छाएर यी कार्यसूचिहरु पुरा हुन संभव छैन । यी सबै कारणले राष्ट्रिय सहमती अपरिहार्य बनेको हो भन्नु भयो माओवादीहरुका पर्ूव-लडाकुहरुको व्यवस्थापन, उनीहरुका अर्धसैनिक संरचनाहरुको समाप्ति, द्वन्दकालमा कब्जा गरिएको सम्पत्ति फिर्ता यतिबेला राजनीतिक दलहरुबीच सहमतीका मुख्य आधार हुन् । यस्तै, घोषणा गरिने नयाँ संविधान कुनै एउटा राजनीतिक दलको घोषणा - पत्र नभई जन अभिमतका आधारमा सहमतीको दस्तावेज बनाउनु पर्ने कुरामा सहमती नै राजनीतिक सहमतीको मुख्य आधार हो । यसरी कायम गरिने सहमती नै यतिबेलाको राजनीतिक सहमती हो । देशमा जति सक्दो चाडो संबिधान निर्माणको लागि सहमती को राजनीतिको खाचो भएको र ने क पा एमाले सहमतीको लागि सबै प्रकारका बिकल्प खुला गरेर देशका सम्पुर्ण राजनैतीक पार्टीहरुको अगाडी स्पस्ट अबधारण अघि सारेता पनि एनेकपा माओवादीको कारण देश सहमतीको बाटो मा अगाडी बढन नसकेको स्पस्टपार्नु भएको थियो ।
त्यस्तै उक्त अधिबेशनमा बिशेष अथिती रुपमा ने क पा एमालेका बैकल्पिक पोलिटब्यूरो सदस्य तथा युरोप इन्चार्ज क। अरुण नेपालले अधिबेशनको शुभकामना ब्यक्त गर्दै तपाईंहरु यस प्रबाशको भुमीमा बसेर र पनि यसरी नेकपा एमाले प्रतिको यस प्रकारको माया र समर्पण देख्दा आफु अतिनै खुशी भएको र यहाँहरुको पार्टीमा पुर्‍याउनु भएको योगदानको नेकपा एमालेले उच्च मुल्याङ्कन गर्ने छ भन्नु भयो । बेल्जियम स्थित नेपाली दुताबासका महामहिम राजदुत प्रमेश कुमार हमालले पनि आफ्नो शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
त्यस्तै उक्त अधिबेशनमा ने क पा एमाले स्पेन कमिटीका अध्यक्ष्य पुष्पराज तिमिल्सिना , जर्मनीका सचिब नबराज रोस्यारा , विश्व प्रजातान्त्रिक युबा संघका उपादक्ष्य योगेन्द्र शाही , ले पनि शुभकामना मन्तब्य ब्यक्त गर्नु नेकपा एमाले पोर्टुगलका अध्यक्ष्य , नेकपा एमाले इटली , डेन्मार्कका प्रतिनिधि रु ले पनि शुभकामना ब्यक्त गर्नु भएको थियो बेल्जियम स्थित सम्पुर्ण नेपाली संघ संस्थाका प्रतिनिधि हरुले शुभ कामना ब्यक्त गरेका थिए ।
एन डी एफ बेल्जियमका निबर्तमान अध्यक्ष तुलसी नाथ सुबेदीको अध्यक्ष्यतामा सम्पन्न उक्त कार्यक्रमको संचालन एन डी एफ बेल्जियमका निबर्तमान महा सचिब शिव कुमार बरुवालले गर्नु भएको थियो ।
दुबै अधिबेशन तथा सम्मेलनको समापन पछि सम्पन्न बन्द शत्रबाट निबर्तमान पार्टी कमिटी बेल्जियमका सदस्य तथा एन डी एफ बेल्जियमका निबर्तमान महासचिब शिव कुमार बरुवालको अध्यक्ष्यतामा निम्न पदाधिकरी रहेको पार्टी कमिटी बेल्जियम सर्ब सम्मती बाट निर्बाचित भएको छ । अध्यक्ष्य - शिव कुमार बरुवाल , उपाध्याक्ष्य प्रकाश कुमार कार्की , सचिब नारायण अधिकारी , उपसचिब बुद्वी बराल , सदस्यहरुमा - ईन्द्र ओली , पुष्पराज अधिकारी , बोधराज पौडेल, टिकाराम गुरुङ , पुरुशोत्तम सुबेदी, अर्जुन दाहाल , जितेन्द्र अधिकारी , शलिग्राम थपलिया , इशा गुरुङ , मुना केसी , सरस्वती चापागाई ,तुङ्गा निरौला , कुल बहादुर खत्री , रमेशराज पौडेल बिनोद न्यौपाने , कृष्ण न्यौपाने सुर्य नारायण श्रेष्ठ , ईन्द्रलाल चापागाइ रहेका छन त्यसैगरी सल्लाहाकारमा पार्टी कमिटी बेल्जियमका सल्लाहाकारहरुमा एन डी एफ बेल्जियम तथा बेल्जियम पार्टी कमिटीका संस्थापक अध्यक्ष कृष्ण खतिवडा , एन डी एफ बेल्जियम तथा बेल्जियम पार्टी कमिटीबेल्जियमका निबर्तमान अध्यक्ष्य तुलसी नाथ सुबेदी र एन डी एफ बेल्जियमका निबर्तमान सल्लाहाकार अर्जुन कुमार श्रेष्ठ लाई चयन गरिएको छ त्यसैगरी निबर्तमान पार्टी कमिटी बेल्जियमका सदस्य तथा एन डी एफ बेल्जियमका निबर्तमान उपाध्यक्ष्य ईन्द्र प्रसाद ओलीको अध्यक्ष्यतामा निम्न पदाधिकरी रहेको एन डी एफ बेल्जियमको कार्यसमिती सर्ब सम्मती बाट निर्बाचित भएको छ अध्यक्षमा - ईन्द्र प्रसाद ओली, उपाध्यक्षमा अर्जुन गुरुङ् ,किसन के। सी। र लक्ष्मि कुँइकेल ,महासचिवमा - गोपाल सिम्खडा ,सचिव - चन्द्र शर्मा, आग बहादुर लामा र केशब चाँपागाई ,कोषाध्यक्षमा - बिपिन खड्का ,सह-कोषाध्यक्षमा शारदा अर्याल र

सदस्यहरुमा - खड्ग बहादुर के सी, राजु श्रेष्ठ, रन्जन सिम्खडा, सि एन महतो, रुद्र लम्साल, संजिव कँडेल, कल्पना सिम्खडा, रबि अधिकारि, सुशिल भन्डारी, गोपाल अधिकारी, मोहन राउत, मुना ताम्रकार, झुना निरौला, मनमोहन पासवान, ईन्दिरा श्रेष्ठ, उमेश कर्मचार्य, शंकर बजगाई, सुरेष पराङि, यूवराज गुरुङ्, रहेका छन , त्यसैगरी सल्लाहाकारमा शिव कुमार बरुवाल, मधुसुधन पौडेल, सान्तमणि सिम्खडा लाई चयन गरिएको छ।

 



Yes, comment it.

 
 

Back

यो वेबसाइट नेपाली ति बाल बालिकाहरूको लागी समर्पित छ जसको केहि पनि छैन । (This website is dedicated to those children of Nepal who have nothing.)

Copyright (c) 2008 - 2010 nepalportugal.com. All rights reserved. Site best viewed on 1024px by 768px, IE6 or later. | 14

Powered by: