loading
Loading, please wait...
 
Email it | Print it | Comment it | Share | Share this on Twitter




Yes, email it. |
युद्धपोत डुबाइएका घटनामा उत्तर कोरियासँग वार्ता हुने
Wednesday, July 14, 2010

सोल २८ असार । दक्षिण कोरियाको एउटा युद्धपोतलाई समुद्रमा डुबाइदिएको घटनाबारे यसैहप्ता उत्तर कोरिया र अमेरिकी नेतृत्वको यूएन कमाण्डबीच वार्ता हुने भएको छ । राष्ट्रसङ्घ सुरक्षा परिषद्ले युद्धपोत डुबाउने घटनाको निन्दा गर्दै एक वक्तव्य अनुमोदन गरेको तीन दिनपछि यो घोषणा बाहिर आएको छ । वक्तव्यमा उत्तर कोरियालाई दोषी ठहर भने गरिएको छैन । एक अन्तरराष्ट्रिय अनुसन्धान टालीले मई महिनामा उत्तर कोरियाले तनावपूर्ण कोरियाली सागरमा टर्पेडो प्रहार गरी युद्धपोत डुवाइदिएको र त्यस घटनामा ४६ नाविकको मृत्युभएको निचोड निकालेको थियो । तर उत्तर कोरियाले यो आरोपको खण्डन गरेको छ । गएको महिनाको अन्त्यतिर यूएन कमाण्डले यो विषयमा उत्तर कोरियासँग जनरल तहको वार्ता गर्ने प्रस्ताव अघि सारेको थियो ।रासस/एपी

 



Yes, comment it.

 
 

Back

यो वेबसाइट नेपाली ति बाल बालिकाहरूको लागी समर्पित छ जसको केहि पनि छैन । (This website is dedicated to those children of Nepal who have nothing.)

Copyright (c) 2008 - 2010 nepalportugal.com. All rights reserved. Site best viewed on 1024px by 768px, IE6 or later. | 3

Powered by: