|
भारतद्वारा भू-उपग्रह प्रक्षेपण Wednesday, July 14, 2010 |
| वैङ्गलोर २८ असार । भारतले सोमबार पाँच वटा भू-उपग्रहलाई सफलतापूर्वक पृथ्वीको कक्षतर्फ प्रक्षेपण गरेको छ । यी पाँचवटा भू-उपग्रहहरुमध्ये काटोस्याट-२ बी नामको एडभान्स रिमोट से_िन्सङ स्याटेलाइट र अल्जेरियाको एउटा स्याटेलाइट छन् । परीक्षणका लागि प्रक्षेपित अरु तीन साना भू-उपग्रहहरु भारत क्यानडा र स्वीट्जरल्याण्डका हुन् । यी भू-उपग्रहहरु चेन्नइबाट ८ किलोमिटर टाढा श्रीहरिकोटबाट प्रक्षेपण गरिएको हो । यसै ठाउँबाट अपि्रलमा भारतले स्वदेशमै निर्मित बुस्टर प्रविधिको एउटा रकेट प्रक्षेपण गर्दा भूइँ छाड्नासाथ उक्त रकेट टुकि्रएको थियो ।रासस/एएफपी
|
|
|