loading
Loading, please wait...
 
Email it | Print it | Comment it | Share | Share this on Twitter




Yes, email it. |
प्रवासी भातृ संगठनको आवश्यकता र उपदेयता - अर्जुन सुनार
Saturday, June 26, 2010

 

        प्रवासी भातृ संगठनको आवश्यकता र उपदेयता                                                                                                                              अर्जुन सुनार
                                                                                                                        arjun_ji2@yahoo.com
                                            
 
        राजनितीक पार्टिहरुले आफ्नो लक्ष परिपूर्तिको लागी विभिन्न टुल्सहरुको उपयोग गर्नु पर्दछ । यस सवालमा लेलिनले निकै लामो चर्चा गर्नु भएको छ । पार्टि भित्र विभिन्न प्रकारका भातृ संगठनहरुको निर्माण गर्नु र त्यसको विकासमा जोडदिनु अतिनै आवश्यक कुरा हो । कुनै पनि राजनितिक पार्टिको भविष्य वा वर्तमान उसको भातृसंगठनहरुको कृयाशिलतामा भर पर्दछ । राजनितिक पार्टिले आम जनसमुदायका विभिन्न वर्ग, समुह तथा क्षेत्रसंग सम्वन्धित कैयौ प्रकारका सवालहरुको प्रतिनिधित्व गरेको हुन्छ । वास्तवमा तत् तत् क्षेत्रको समस्या र दायित्व सहि ढंगले प्रतिविम्वीत हुन सकेन भने निश्चित रुपमा पार्टि अपूर्ण हुन जान्छ । जनचाहना अनुसारको पार्टी हुन सक्दैन । त्यस अर्थमा पनि प्रत्येक क्षेत्र वर्ग, पेशा वा समानप्रकारको सरोकार वालाहरुलाई एकत्रीत गर्दै उनिहरुलाई सोही क्षेत्रको गहिराई सम्म पुगेर त्यहाका जटिलताहरुलाई केलाउदै न्युनिकारण गर्दै जाने गर्दछन । त्यस प्रकारले प्रत्यक क्षेत्रबाट प्रशिक्षित र परिष्कृत गर्दै आमरुपमा पार्टिकरण गर्दै मुलधारमा लैजाने प्रत्यन गरिन्छ । जसको उद्धेश्य र उपादेयता भनेको संवन्धित पार्टीले आफ्नो लक्ष प्राप्तीका लागी सहज र प्रत्येक क्षेत्रसंग सिधा पहुच हुनु पनि हो । यस प्रकारका संगठनहरुलाई हेर्ने हो भने नेपालमा प्राय सवै पार्टिहरुले आफ्नो लक्ष अनुसारका भातृसंगठनहरुको विकास गरेका छन् । उदाहरणका रुपमा महिला, दलित,विद्यार्थी, शिक्षक, किसान मजदुर लगायत प्रवासमा समेत कैयौ प्रकारका पेशागत संगठनहरुलाई भातृसंगठनका रुपमा लिने वा निर्माण गर्ने गरेका छन् । यस प्रकारका संगठनहरु खोल्ने प्रचलनमा दुई प्रकारले प्रेरित गरेको देखिन्छ । प्रथमत राजनितिक पार्टीहरु प्रतिवन्धित भएको अवस्थामा वा सिधै पार्टि इकाई खोल्न नसकिने अवस्थामा आफ्ना गतिविधिहरुलाई तत्कालिन अवस्थामा जनता समक्ष लैजान /यस अवस्थामा भातृसंगठनहरुको भूमिका अझवढि जिम्मेवार हुने गर्दछ । दोस्रो राजनितिक लाईन लाई सिधै जनता सामु लैजादा आमरुपमा सहज नहुने तथा प्रत्यक्ष सरोकार वाला वर्गलाई प्रशिक्षित गर्दै लैजादा समस्याको चुरो सम्मपुग्न पनि सहज हुने । अर्को तर्फ आफ्नै सवालमा कार्य गर्न संवन्धित व्यक्ति वा समुहलाई उत्साह पनि हुने । तसर्थ संवन्धित पेशा वा समुह कै हक र हितसंग गासिएका कतिपय सवालहरुलाई समेत उठाएर उनिहरुकै नेतृत्वमा समाधान खोज्ने प्रयत्न पनि हो । त्यस वर्ग वा समुहलाई अमुक पार्टिको अमुक संगठनका रुपमा नामाकरण गरेर त्यसलाई भातृसंगठनका रुपमा विकास गर्ने गरिन्छ ।
     यस प्रकारले स्वतः स्पष्ट हुन जान्छ कि पार्टि र भातृसंगठनको सम्वन्ध एक अर्कामा परिपुरक हुन्छन् । पार्टिले आफ्नो गन्तव्य प्राप्तीका लागी तय गरिएको सैद्धान्तीक लाइनलाई जनता समक्षपु¥याउन भातृसंगठनहरुको निर्माण गर्दछ साथै भातृसंगठन तथा त्यस क्षेत्रसंग सम्वन्धित समस्याको समाधन गर्नु पनि उसको लक्षसंग गासिएको सवाल वन्ने गर्दछ । अर्कोतर्फ भातृसंगठन हरुको कर्तव्य पनि आफ्ना मुद्धाहरुलाई पाटि मार्फत समाधान गराउनका निम्ती शसक्त पार्टिको आवश्यकता हुन्छ । पार्टिलाईनलाई तलसम्म आफ्नो क्षेत्रमा प्रशिक्षित गराउदै पार्टि विस्तार वा शसक्त बनाउने कार्यमा जोडदिनु आवश्यक वन्न जान्छ ।
    आज हामीले मुख्य रुपमा चर्चा गर्न खोजिएको विषय प्रवासमा रहेका भातृसंगठनबारे हो । नेपालका विभिन्न पार्टिहरुले पछिल्लो समयमा आएर प्रवासमा समेत प्रवासी संगठनका रुपमा विकास गर्ने गरेका छन् । नेपाल बाट दैनिक रुपमा सयौंको संख्यामा रोजगारीका लागी विदेशिने क्रम जारी छ । स्वभाविक रुपमा जव कुनै व्यक्ति प्रवासमा रोजगारीका निम्ती जान्छ भने, निश्चित रुपमा केहि वर्ष विदेशमा विताउन वाध्य हुन्छ । त्यस समयमा उसको जिवनमा कैयौ प्रकारका विध्न बाधाहरु संग जुध्नुपर्ने हुन्छ । स्वभावैले त्यहा उसले स्थानिय समाजसंग जिवन यापन गर्नु पर्दछ । समाज चाहे नेपालको कुनै गाउको कुनामा होस वा विकसित राष्ट्रका शहरहरुमा जहा पनि समाज विभिन्न वर्गमा विभाजित भएको हुन्छ । विभिन्न वर्गहरुका विच कैयौ प्रकारका अन्तरद्धन्दहरु ह्ुनु पनि स्वभाविक वन्छ । अर्को तर्फ प्रत्येक व्यक्तिको यो पनि दायित्व वन्दछ कि आफ्नो राष्ट्र, भाषा, संस्कृतीलाई सदासंरक्षण गर्नु,/ यि दुवै पक्षमा रहेको सामन्तवादी प्रकारको रुढिवाद र परम्परागत ढंगको थिचोमिचोबाट परिवर्तन चाहनु पनि मानविय स्वभावै हो । तसर्थ यि सवै पक्षहरुको समायोजनको परिणती संघ संगठनहरु नै बन्न जान्छन् । चाहे सामाजिक सेवा संस्था होस वा राजनितिक भातृसंगठन स्वभावैले सामाजिक संघसंस्थाको पाटो निश्चित घेरा भित्र हुन्छ भने राजनितिक पार्टी वा भातृसंगठनहरुको दायरा निकै फराकिलो हुन्छ । तर संघसंगठनहरुको निर्माण मात्र त्यसको समाधान हो भन्ने कुरा हैन । संगठनहरुले खेल्ने भुमिकाहरुले स्थानिय स्तरका समस्याको समाधान वा आफ्नो मातृराष्टसंग जोडिएका कैयौ प्रकारका सवालहरुमा प्रभाव पार्ने गर्दछ । स्वाभिविकै हो प्रवासी संगठनहरु दायित्व भनेको आफ्नो मातृपार्टिको राजनितिक लाईन वा दृष्टिकोणलाई आम प्रवासीहरु समक्ष पु¥्याउनु राजनितिक रुपमा आमप्रवासी जनताहरुलाई सचेत पार्नु, स्थानिय स्तरका समस्याहरु पहिचान गर्नु र राजनितीक दृष्टिकोण बाट समाधान गर्ने प्रयत्न गर्नु । तत तत् स्थानका स्थानिय राजनितिक पार्टी वा व्यक्तित्वहरु संग समन्वय गर्नु । नेपालको राजनितिक घटना क्रमहरुलाई आम प्रवासीहरु समक्ष प्रत्यक्ष रुपमा पु¥याउनु नै प्रमुख कार्य वनाउने प्रयत्न गर्नु पर्दछ ।
     मलाई भारत बाहेक अन्य मुलुकहरुमा प्रवासी संगठनहरु के कसरी सञ्चालन भएका छन् प्रत्यक्ष रुपमा थाहा छैन । तर युरोपको सन्दर्भमा खास गरि पोर्तुगलका प्रवासी संगठनहरुको काम भनेको स्वदेशी पाहुना अझ भनौ आफ्नो पार्टीका नेताको स्वागत गर्नु नै प्रमुख कार्य बन्ने गर्दछ । नेता आउनु पूर्व आउदै हुनुहुन्छ भन्ने खवरले प्राय सवै वेवसाइटहरु भरिने र वहाको आगमन पश्चात वहाले के के भन्नु भयो भन्ने खवरले भरिने । त्यस पश्चात नेता/नेतृको वापसी पश्चात नत कुनै राजनितिक छलफल, नत कुनै वहस, अन्तकृया नत दृष्टिकोण नत कुनै राजनितिक कार्यक्रम, नत समाचार त्यस वाहेक छलफल हुन्छ भने कहिले काही २,३ जना साथीहरु भेट भएको समयमा सोमरसको बोतल साक्षी राखेर हड्डी नभएको जिब्रोलाई प्राय निस्कृय भैसकेका नसाहरुले सकिनसकी हल्लाएर म अमुक पार्टीको नेता वा कार्यकर्ता सम्म भन्ने शब्द बुझ्न सुन्न सकिने हुन्छ त्यो वाहेक अरु छलफल विरलै हुने गर्दछ । यस प्रकारले हामी प्रवासीहरुका साझा सवाल समाधान होलान त? नेपालीहरु प्रवासमा जुनप्रकारले कष्टकर जिवन विताउन वाध्य छन् । दशौलाख रुपैया खर्चेर सुनौलो भविष्यको सपना बोकेर रोजगारीका लागी भौतारिदै विदेशका गल्लीहरु चाहादै छन् । बस्नको लागी २ देखि ३ तलासम्म भएको खाट निर्माणगरेर सानो कोठामा दर्जनौ मान्छेले रात विताएका छन्, खानको लागी सुक्का पाउरोटीमा बटर दलेर सास धान्नबाध्य छन् नेपालीहरु । प्रथमतः काम पाउनै गाह्रो काम पाइहालेको खण्डमा पनि काम लगाउने स्वदेशी वा विदेशीले चरम रुपमा श्रमशोषण गरिरहेका छन् । नत फर्केर स्वदेश जान सक्ने अवस्था छ , नत विदेशमा उचित मुल्यमा श्रम± गरेर मानविय जिवनका आधारभुत आवश्यकता पुरा गर्नसक्ने अवस्था छ । परिवारका वा आफू युरोप पस्दाका समयका सपना त पुरा हुने कल्पना सम्म पनि गर्न सकिन्न । यस प्रकारका समस्याहरुलाई स्थानिय रुपमा वा स्वदेशमा समाधानार्थ उठाउने दायित्व ति संघ संगठनको हुनु पर्दथ्यो । यस प्रकारका सवालहरुमा राजनितिक पार्टिका प्रतिनिधि संस्थाहरुले छलफल गर्न जरुरी छ । समाधान तथा न्युनिकरणका लागी प्रयासरत रहन आवश्यक छ । राजनितिको अर्थ नेताको चाकरी गर्नु जुलुस वा भाषण गर्नु मात्र हैन । वर्गीय द्धन्दको समाधान हो, वर्गीय संघर्षको द्योतक पनि हो । पार्टिका लक्ष कुनै का समाजवाद कुनैका साम्यवाद सम्म होलान । त्यो उपलब्धी प्राप्त गर्ने प्रमुख जिम्मा आम राजनितिक पार्टीको होला तर त्यो लक्ष प्राप्तीका लागी सम्वन्धित पार्टीको सवै अंग (टुल्स) हरु सलवलाउन जरुरी छ । अन्यथा नत भातृसंगठन वा त्यसमा आवद्ध समूह वा व्यक्तिका समस्या को नै प्रतिनिधित्व हुने छ न त लक्ष प्राप्तीका निम्ती पार्टी नै सवल र सक्षम हुने छ । यहाँ कैयौ ठूला ठूला पार्टीका ठूला ठूला नेताको आगमन भएको हुन्छ । तर विडम्वना यहाँका भातृसंगठनहरु लाई स्थानिय स्तरमा कसरी सञ्चालन गर्ने भन्ने प्रशिक्षण दिन कोहि कसैलाई चासो भएको देखिदैन । त्यसैले त होला यहाँका संगठनहरुले स्थानिय समस्या नत पहिचान गर्न सकेका छन् नत पहिचान वा समाधानको कार्य योजना नै छ । तसर्थ साच्चीकै प्रवासी भातृसंगठन कै विकास गर्न खोजिएको हो भने गम्झीर हुन आवश्यक छ ।
      अन्तमा जुनसुकै पार्टीका भातृसंगठन वा जुनसुकै सरोकारका संघ संस्था भएपनि प्रवासीहरुका साझा सवालका सन्दर्भमा एक ठाउमा उभिन जरुरी छ । एक अर्कोलाई सम्मान गर्दै साझा आवाज सहित सम्वन्धित निकाय लाई घचघच्याउन आवश्यक छ । राम्रो कार्यको कसैले विरोध गर्नु हुदैन । विरोध त्यसका लागी गर्नु पर्दछ जहाँ त्यो भन्दा राम्रो कार्य गरेर व्यवहारले देखाउन आवश्यक छ तसर्थ आमरुपमा विदेशमा रहेका जुनसुकै पनि संघ संगठनहरुले वास्तविक कृयाशिलतामा ध्यान दिनु पर्दछ । त्यसले मात्र संगठन वास्तवमा पार्टिको महत्वपूर्ण टुल्स हुन सक्ने छ । अन्यथा नामले मात्र हुने भए धन बहादुर किन गरिव हुन्थे र? बल बहादुरहरु किन लुरे हुन्थे हैन र?                                                उपदेयता                                                                                                                               22-06-2010
 



Yes, comment it.

 
Comments (1)
Madan Gotame | Monday, June 28, 2010 | 12:11:25 | Marked as spam, show it
 

Back

यो वेबसाइट नेपाली ति बाल बालिकाहरूको लागी समर्पित छ जसको केहि पनि छैन । (This website is dedicated to those children of Nepal who have nothing.)

Copyright (c) 2008 - 2010 nepalportugal.com. All rights reserved. Site best viewed on 1024px by 768px, IE6 or later. | 2

Powered by: