|
कति भन्नु तिमीलाई - मोहन आचार्य जलद Sunday, June 6, 2010 |
|
दिल दुख्छ मनै रुन्छ कसो गरि भनूँ
निस्दुरिको यादले गर्दा नत मरी जानु \\१\\
जिन्दगीका खुशीहरु बन्दगिमा साँचे
निर्मोहिको झझल्कोमा दिनरात बाँचे \\२\\
कति भन्नु तिमीलाई दिल नै रुवाएर
दोषी मनले घात गर्यौ खिल नै बनाएर \\ ३\\
तिमीले नै दियौ पिडा मुटु कति रुन्छ
बिछोडको पिडा संगै दिल कति छुन्छ \\४ \\
मुटु भरि कुरा थिए कति साँचे मैले
कवितामै कति पोखें कति रोकें मैले \\५\\
जलदको कवितामा केहि खोट भए
माफ गर्नु निर्मोहिलाई कतै भेट भए \\६ \\
हेर्दै गर जिन्दगीमा अरु के के हुन्छ
मेरो बाटो हेर्छ्यौ किन अझै के पो हुन्छ \\७ \\
मोहन आचार्य जलद प्रगतिनगर नवलपरासी लुम्बिनी नेपाल
हाल सन्तोस ओ वेल्हो लिस्बोन पोर्तुगल
प्रकासित कृति निर्दयीरात कविता संग्रह र इन्द्रेणी शर्माका कथाहरु
अप्रकसित कृति शिला उपन्यास अन्य फुटकर रचनाहरु
|
|
|