किन यहाँ यस्तो हुदैछ ?
गर्भमै रहेको हाम्रो संघियता भित्र
अस्थिरता फ़स्टाइरहेको छ ,
बिकाश शांति र सदाचार होइन
ह्त्या र हिंशाले प्रशय पाइरहेको छ|
भातृत्व मेलमिलाप अहिले
क्रुरताको बाटो पछ्याई रहेको छ
टीलपीलाई रगत का आशुहरु
रोदनको संचार सहिt
कहिले जातीयताको नाममा
कहिले धार्मिक साम्प्रदैकता को नाममा
कहिले पहाडे, कहिले मधिशे
त् कहिले हिमाले को
तथ्यहिन
गन्तब्यहिन बाटोमा अल्मलियको छ I
यहा हामि धेरै छौ
कोहि पहाडिया,कोहि मधेशी छौ
कोहि तमुवान ,कोहि खम्बुवान छौ
ताम्सिलिंग त् कोहि मगरात छौ
कोहि किराती,त कोहि मैथली भोजपुरा छौ
तर हामि एकत्र नेपालि हरु कम छौ
एक देशका अलग अलग हिस्साहरु लाइ
त्यस भित्र को यकता र सहिस्नुताको लाइ
टुक्राउन हामि ब्यस्त छौ
तर त्यहिँ टुक्राई भित्र
हाम्रो अस्तित्व पनि धुमिल हुदैछ
हाम्रो आफ्नोत्व आफै मेतिदै छ
हाम्रो कद होचिदै छ
त्यहिँ संघियताको गलत अर्थाइले
गलत पहिचानको बल मिच्याईले
हाम्रो स्वाभिमान
हाम्रो जागुरुकता र इमान्दारिता
अधोगतिमा जादैछ ,
जे नहुनु थियो हाम्रो बीच
यहा तेस्तै हुदैछ
हाम्रो संघियताको मर्म र आदर्श कुल्चदै
बिचलन र अस्थिरता बीच …
किन यस्तो हुदै छ ?????????
______________________
बिष्णु रिजाल ,स्पेन